Saturday, July 27, 2024

कर्णालीमा १ मत मात्रै खस्न बाँकी

प्रकाशित:

सुर्खेत राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान करिब सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान १ बज्नै लाग्दा सकिन लागेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अब प्रदेशसभाका सभामुख नन्दा गुरुङले मात्रै मत हाल्न बाँकी रहेको निर्वाचन सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए । उनका अनुसार ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ३९ जनाले मतदान गरिसकेका छन् ।

अब १ मत मात्रै खस्न बाँकी रहेको छ । यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । नस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया ९रुकुम पश्चिम० अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ ९कालिकोट० दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल ९दैलेख०ले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् । मतभार नेकपा एमालेको भन्दा गठबन्धनको तीन गुणाले बढी छ । प्रदेशसभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।

यो मध्ये सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार सङ्ख्या छ । यो भनेको एमालेको भन्दा तीन गुणाले बढी हो । एमालेको मतभार सङ्ख्या एक हजार १९५ मात्रै छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार