Saturday, July 27, 2024

सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सुरु

प्रकाशित:

धनगढी सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सुरु भएको छ। राष्ट्रिय सभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेश सभा सचिवालय परिसरमा मतदान सुरु भएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले बिहिवार बिहान पहिलो मत खसालेका छन्। राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन्। निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेश सभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका लागि छुट्‍टाछुट्‍टै मतदान स्थल बनाएको छ।

सोहीअनुसार मतदान भइरहेको छ। दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन्।

सत्तारूढ गठबन्धनका तर्फबाट अन्यतर्फ काँग्रेसका बलदेव बोहरा, अल्पसंख्यक तथा आपांगतातर्फ काँग्रेसका नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्दले उम्मेदवारी दिएकी छन्। नेकपा एमालेले अन्यतर्फ ईश्वरीप्रसाद खरेल, अल्पसंख्यक तथा आपांगतातर्फ रामचन्द्र जोशी र महिलातर्फ सावित्रादेवी घिमिरेलाई उम्मेदवार बनाएको छ। सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६१०० रहेको छ। जसमा सत्तारूढ गठबन्धनको मतभार ४४५७ रहेको छ भने एमालेको मतभार १४८० छ।

 

ताजा समाचार

सम्बन्धित समाचार