Saturday, July 27, 2024

भीमदत्त–६ मा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी जोशीलाई

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ६ मा वडा सदस्य देवकी जोशीलाई कार्य वाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडा अध्यक्ष महेन्द्र खड्काको निधन भएपछि वडा सदस्य जोशीलाई कार्य वाहकको जिम्मेवारी दिएइएको हो । वडा अध्यक्ष खड्काको गत पुस २६ गते निधन भएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वडा अध्यक्ष रिक्त भए वडा सदस्यबीच छलफल गरी कार्य वाहक जिम्मेवारी दिन सकिने व्यवस्था छ ।

निर्वाचन आयोगले ६ महिनाभित्र वडा अध्यक्षको चुनाव गराउनु पर्ने छ । वडा निर्वाचनसम्म जोशी कार्य वाहक हुने छन् ।

ताजा समाचार

सम्बन्धित समाचार