Saturday, July 27, 2024

कञ्चनपुरकी प्रेरणाले पाइन् नेपाल आइडल पाँचौं संस्करणमा पहिलो गोल्डेन माइक

प्रकाशित:

महेन्द्रनगर एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणमा कञ्चनपुरकी प्रेरणा विश्वकर्माले पहिलो गोल्डेन माइक पाएकी छन्। सोमबार कैलालीको अत्तरियामा भएको प्रीजज राउण्डबाट छनौटमा परेका प्रतिस्पिर्धीहरूको मंगलबार धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा अडिसन भएको थियो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियाकी प्रेरणाले पहिलो गोल्डेन माइक पाएकी हुन्। योसँगै उनी टप १२ प्रतिस्पर्धीमा छनौट छन्। निर्णायकहरूले उत्कृष्ट गायन भएकाहरूलाई गोल्डेन माइक दिने गर्छन्। त्यो माइक पाएपछि उनीहरू उत्कष्ट १२ मा छनौट भएको मानिन्छ। ‘राम्रो कला भएकाहरूलाई नै हामीले गोल्डेन माइक दिने हो। प्रेरणको स्वर मिठो थियो, त्यसैले उनले गोल्डेन माइक पाइन्,’ निर्णयक इन्दिरा जोशीले भनिन्,

‘सुदूरपश्चिम गीत संगीतका लागि उर्वरा भूमि हो।’ नेपाल आइडल ब्यवस्थापन टीमले विर्तामोड, बर्दिबास र हेटौंडा अडिसन गरिसकेको छ भने धनगढीमा पनि मंगलबार अडिसन सकिएको छ। तीनवटा अडिसन सम्पन हुँदा पनि कसैले गोल्डेन माइक पाएका थिएनन्। धनगढीमा प्रेरणाले पहिलो गोल्डेन माइक पाएकी हुन्। ‘असाध्यै खुसी लागेको छ। मलाई गोल्डेन माइक पाउँछु भन्ने विश्वास नै थिएन, जजहरूले मन पराउँछन् कि पराउँदैनन् भन्ने द्विविधामा थिए। तर मलाई गोल्डेन माइक दिइयो, खुसीको सीमा छैन। यो माइकले मलाई अझ मेहनत गर्ने प्रेरणा मिलेको छ,’ प्रेरणाले भनिन्।

कृष्णपुर नगरपालिका वडा नम्बर ५ का दीपक विश्वकर्मा र जलुदेबीका तेस्रो सन्तान हुन प्रेरणा। उनका दुई दाजु र एक बहिनी छन्। ‘सानैदेखि गीत संगीतमा रुची थियो। गोल्डेन माइक पाएपछि झन् खुसी भएको छु। छोरीको सपना पूरा हुने विश्वास लागेको छ,’ बुबा दीपकले भने।

यसपछि माघ १३ गते सुर्खेतको विरेन्द्रनगरमा रहेको मिड वेस्ट युनिभर्सिटीमा नेपाल आइडलको अर्को अडिसन हुँदैछ। अत्तरिया अडिसन दिन छुटेकाहरूले सुर्खेतमा पनि सहभागिता जनाउन सक्नेछन्। त्यस्तै माघ १८ गते दाङको घोराही र माघ २३ गते कास्कीको पोखरामा पनि सिजन ५ का लागि अडिशन तय भएको छ। अननपूर्णपोस्ट बाट

 

ताजा समाचार

सम्बन्धित समाचार