Saturday, July 27, 2024

अछाममा जंगली भालुको आक्रमणबाट दुई किशोरी गम्भीर घाइते, उपचारका लागि हेलिकप्टर मार्फत कोहलपुर लगियो

प्रकाशित:

महेन्द्रनगर । अछाममा जंगली भालुको आक्रमणबाट दुई किशोरी गम्भीर घाइते भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अछामको रामारोशन गाउँपालिका–५ सालिनकोटमा आज (बुधवार) बिहान ६ः४५ बजेतिर जंगली भालुको आक्रमणबाट स्थानीय दुई किशोरी गम्भीर घाइते हुँदा हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ ।

रामारोशन–५ बस्ने १९ वर्षिय किरण शाह र २० वर्षिय पावर्ती शाहलाई जंगली भालुले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन् ।

जंगली भालुको आक्रमणमा परेका दुवै किशोरीहरुको अछाममा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत उनीहरुलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको हो ।

स्याउला काट्न घर नजिकै रहेको सामुदायिक वन शालिमकोट जानेक्रममा अचानक जंगली जनावर भालुले आक्रमण गर्दा दुवै किशोरीहरु गम्भीर घाइते भएका हुन् । जंगली भालुले अनुहार–टाउकोमा गम्भीर चोट पुर्याएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार