Saturday, July 27, 2024

व्यवसायी अग्रवालले घरको ५ तलाबाट हाम फाले

प्रकाशित:

धनगढी कैलालीको धनगढीमा एक व्यवसायीले आफ्नै घरको छतबाट हाल फालेका छन् । धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

घटना बुधवार विहान करिब ११ः२० को हो । घरायसी विवादका कारण घरको छतबाट हाम फालेका उनको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ । बेहास अवस्थामा रहेका अग्रवाललाई उपचारका लागी नवजीवन अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार