Saturday, July 27, 2024

बझाङमा जिपको ठक्करबाट एक महिला घाईते

प्रकाशित:

बझाङ । बझाङमा आज विहानै जिपको ठक्करबाट एक महिला घाईते भएकी छन । केदारस्युँ गाउँपालिका वडा नं ४ बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा जिपले ठक्कर दिदा सोहि ठाँउकी ५५ बर्षिया महेश्वरी मल्ल घाईते भएकी छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बागथला बाट चैनपुर तर्फ आईरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । घाईते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भईरहेको छ । घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार