Saturday, July 27, 2024

अत्तरिया बजारमा दाउरा वितरण

प्रकाशित:

अत्तरिया कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारमा दाउरा वितरण गरेको छ । तराईका जिल्लामा सितलहर सङ्गै अत्यधिक चिसोलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शितलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख विरेन्द्र भट्टले बताए । उनले चिसो मौषममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई असर परेको र बजारमा आउने यात्रुहरुलाई पनि असर परेको बताए ।

उनले नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको बताए । उनले चिसो समयभरी नै नगरले दाउरा वितरण गर्दैं आएको नगर प्रमुख विरेन्द्र भट्टका स्वकिय सचिव दिपिन साउदले बताए । दाउरा पाएपछि स्थानीय ब्यबसायीले खुशी व्यक्त गरेका छन् । ब्यबसायी रतन विष्टले भने , ‘चिसोमा नगरपालिकाले आफ्ना नागरिकलाई दाउरा बितरण गर्नु राम्रो हो । गाउँबस्तीमा पनि वितरण गरी दिए सबैले राहत पाउने बताए ।’

ताजा समाचार

सम्बन्धित समाचार