Saturday, July 27, 2024

पुलको निर्माण कार्य तोकिएको समयावधिभन्दा १४ महिना अगाडिनै पूरा

प्रकाशित:

धनगढी कैलालीमा पुलको निर्माण कार्य तोकिएको समयावधिभन्दा १४ महिनाअगाडि नै पूरा भएको छ । बर्दगोरिया गाउँपालिका–३ स्थित सेती लोकमार्गमा पर्ने काँडा खोला पुल तोकिएको समयावधिभन्दा अगाडि बनेको हो । दुई स्पानको सो पुलको लम्बाइ ८५ मिटर रहेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

२०७९ साल असार २९ गते काँडा खोला पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । २०८१ चैत १३ गतेभित्र काम पूरा गर्ने गरी एएनके कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ठेक्का पाएको हो ।

सो कम्पनीले माघ पहिलो साता नै पुल निर्माणको काम सम्पन्न गरेर जनप्रतिनिधि र जनताबाट वाहवाही पाएको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले माघ ४ गते भव्य समारोहकाबिच पुलको उद्घाटन गरेका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार