Monday, June 24, 2024

कञ्चनपुरमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र सोही वडाकी ३० वर्षिया सरस्वती तिवारी मृत फेला परेकी हुन्।

ईलाका प्रहरी कार्यालय झलारीका अनुसार सोमबार साँझ सरस्वती रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

उनको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाईएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुढाऐरले बताए।

सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार