Saturday, July 27, 2024

मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित:

कैलाली । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका(२ साडेपानी स्थित पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१००९ प।४६१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सोमवार साँझ दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार बर्दगोरीया गाउँपालिका(५ का २१ वर्षीय कालु बि।क।को मृत्यु भएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दुर्घटनामा गम्भिर घाईते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप बि।क।को सोही अस्पतालमा उपचार भईरहेको छ। मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार