Saturday, July 27, 2024

बँदेलको आक्रमणबाट २ जना घाइते

प्रकाशित:

बैतडी बैतडीमा बँदेलको अक्रमणबाट २ जना घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका–२ सलेनाका अन्दाजी ३२ वर्षीय ओमप्रकाश जोशी र सोही वडाका ९ वर्षीया करिस्मा दयाल बँदेलको अक्रमणबाट घाइते भएका हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आइतवार दिउंसो घरमै बसीरहेका जोशीलाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो। यस्तै करिस्मालाई पनि आइतवार साँझ घर नजिकै घाइते बनाएको प्रहरीले जनाएको छ।

बालिकाको आँखामा गम्भिर चोट लागेको छ भने जोशीको खुट्टामा चोट लागेको बताइएको छ। जोशीको डडेल्धुरामा र दयालको गेटा आँखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक ९डिएसपी० दिपक गिरीले बताए।

 

ताजा समाचार

सम्बन्धित समाचार