Saturday, July 27, 2024

छोराको स्मृतिमा अनाथालयमा ‘धारा जडान पानीको शुल्क तिर्न अक्षयकोष’

प्रकाशित:

महेन्द्रनगर कञ्चनपुरका एक खत्री परिवारले छोराको स्मृतिमा अनाथालयमा धारा जडान गरिदिएको
छ । बेदकोट नगरपालिका ९ सुन्दरनपुरका खत्री दाम्पती विष्णु खत्री र नन्दा खत्री परिवारले अनाथालयमा खानेपानीको धारा जडान गरिदिएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

खत्री परिवारले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्याण अञ्चल बाल अनाथालयमा खानेपानीको धारा जडान गरिदिएका छन । सुन्दरपुरका स्थानीय समेत रहेका विष्णू खत्रीले छोरा अर्जुन खत्रीको स्मृतिमा ‘अर्जुन खत्री स्मृति जलधारा’ जडान गरिदिएको बताए । उनका अनुसार अर्जुनको २४ बर्षको उमेरमा निधन भएको थियो । ०५१ सालमा जन्मिएका अर्जुन ०७५ सालमा मृत्यु भएको थियो । सिए अध्ययन गरेका अर्जुनको दुखत निधन संगै खत्री परिवारले उनको स्मृतिमा समाजिक काम गरेको हो ।

छोराकै स्मृतिमा अनाथ बालबालिकालाई शुद्ध खानेपानी पिउनका लागि धारा जडानदेखि खानेपानीको शुल्क तिर्नका लागि १ लाख रकम समेत सहयोग गरिएको छ । ‘धारा जडान गरिदिए धारामा नियमित पानी पिउनका लागि एक लाखको अक्षय कोष समेत स्थापना गरेका छौँ, ‘उनले भने, ‘उक्त अक्षयकोषको ब्याज मार्फत पानीको शुल्क तिर्न सकिनेछ ।’

सोमबार एक कार्यक्रमका विच निर्माणाधिन धाराको अनाथालय समितिलाई धारा हस्तान्तरण गरिएको छ । धारा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजसेवी नारद पाण्डेयले खत्री परिवारले आफु दुखतमा रहेरपनि अनाथ बालबालिकाको सहयोगका लागि गरेको काम पुण्य भएको बताए । समाजकल्याण अञ्चल बाल अनाथालयका कोषाध्यक्ष लवराज भट्टले खत्री परिवारले अनाथ बालबालिकाको समस्या मध्यनजर गर्दै निर्माण गरेको खानेपानीको धाराले अनाथ बालबालिकालाई शुद्ध खानेपानी पिउन सहज भएको बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार