Saturday, July 27, 2024

एक युवकले ड्युटीमा खटिएका दुई प्रहरीमाथि नै चक्कु प्रहार गरेपछि…

प्रकाशित:

महेन्द्रनगर । ड्युटीमा खटिएका प्रहरी माथि नै एब जना युवकले चक्कु प्रहार गरेका छन् । दार्चुलाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले आइतवार दिउसो ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताएका छन् ।

उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदिले प्रहरीमा निवेदन दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलिमाथि चक्कु प्रहार भएको प्रहरीले बताएको छ ।

चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको छ । उमेश र धनिशाले भदौमा भागेर बिहे गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार