Saturday, July 27, 2024

पुनर्वासमा कञ्चनपुरकै सर्वाधिक धनराशीको अरनीको सैनिक कप हुँदै

प्रकाशित:

किशोर तामाङ ।
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा जिल्लाकै सर्वाधिक धनराशीको खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

“खेलकुदको विकासले नै उन्नत समाज र देशको विकास गर्न सकिन्छ ।” भन्ने उद्देश्यका साथ देश बिकास अनुशासन र गतिशिलतमा युवा सशक्तिकरणका लागी खेल भन्ने मूल नाराका साथ पत्रकार सम्मेलनको आयोजना गर्दै पुनर्वास नगरपालिका–२, अरनीकोबस्तीमा रहेको अरनीको युवा क्लबले जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार सहित छैठौ अरनीको सैनिक कप सञ्चालन गर्ने भएको हो ।

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास फुटबल खेलका लागि हबका रुपमा स्थापित फुटबलरहरुको क्रेजले भरिएको यो क्षेत्रमा छैठो सैनिक कप फुटबल प्रतियोगितालाई कञ्चनपुरको दक्षिणी क्षेत्रकै शानको रुपमा हेरिएको छ ।

खेलकूदको विकास खेलेर मात्रै हूदैन । खेलकूदको आयोजना गरी अवसरको श्रृजना गर्नू पर्दछ भन्ने उदेश्यका साथ एक कार्यक्रमका बिच पत्रकार सम्मेलनको आयोजना गर्दै यूवा जमातलाई विकृती एवं विसंगतिबाट अलग राखी स्वस्थ र स्वलम्वी समाजको निर्माण गर्न सहयोग पू¥याउन शुरुवातमा फुटबललाई विशेष जोड दिईरहेको आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष जितबहादुर तामाङको सभाध्यक्ष तथा सुदुरपश्चिम फुटबल संघका महासचिव काशीराम बोहराको प्रमुख आतिथ्यतामा क्लबले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष तामाङले जिल्लाकै सर्वाधिक धनराशीको पाँचौ अरनीको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता माघ १५ गतेबाट अरनीको खेल मैदानमा सञ्चालन हुने जानकारी दिए । उनले प्रतियोगितामा सहभागी हुन चाहने क्लबले माघ १२ गते ४ बजे साँझ सम्म १० हजार ईन्ट्री फी बुझाउनुपर्ने बताएका थिए ।

प्रतियोगितामा विजेता टिमले २ लाख ६० हजार नगद र शानदार कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ३० हजार नगद र शानदार कप, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथी खेलकुद संघका महासचिव बोहराले अरनीको युवा क्लबले विगत लामो समयदेखि यस क्षेत्रको खेलकुद गतिविधिलाई नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्दै आएको बताए ।

उनले केहि समयदेखि रोकिएको सैनिक कपलाई निरन्तरता दिन तयार हुनुभएकोमा प्रतियोगिता सफलताको शुभकामना समेत व्यक्त गरे ।

वि।सं। २०४५ सालमा स्थापना भएको सो क्लबले थुप्रै राष्ट्रिय खेलाडीहरु उत्पादन गरी जिल्लामा आफ्नो छुटै पहिचान देखाउँदै आएको छ । त्यसैले अरनिको युवा क्लव द्धारा आयोजित सैनिक कप २०८० छैठो सस्करणमा पनि “देश विकास, अनुशासन र गतिशिलतामा युवा सशक्तिकरणका लागि खेल” भन्ने मुल नारा साथ सञ्चालन हुने प्रतियोगितामा १८ टिम सहभागी हुने आयोजकले अनुमान गरिएको छ ।

तसर्थ अरनिको सैनिक कप २०८० खुल्ला फुटबल प्रतियोगितालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरी सफलतापुर्वक सम्पन्न गर्नका लागि आयोजक परिवारले अनूरोध गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार