Saturday, July 27, 2024

कञ्चनपुर र कैलालीबाट अवैध सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर र कैलालीबाट अवैध सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिबेणीघाटबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ हजार ५ सय मूल्य बराबरको प्याज, हरियो मटर, पानीपुरी, पापड बरामद गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

धनगढी उपमहानगरपालिका ३ ब्यारेल नजिकबाट अन्दाजी २६ हजार १ सय ७० मूल्य बराबरको चिनी, प्याज, चना, मिठाई, साबुन, मैदा र लम्कीचुहा नगरपालिका १ पञ्चकोशी स्थित सडकको छेउबाट अन्दाजी ४८ हजार ६ सय मूल्य बराबरको मिठाई, सुर्ति, पानीपुरी, बिडी, चुरन लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उता कञ्चनपुरको पुनर्वास नगरपालिका ११ राम जानकी टोलबाट अन्दाजी १५ हजार मूल्य बराबरको प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार