Saturday, July 27, 2024

महेन्द्रनगर गल्ली नं. १ बाट ५ जना जुवाडे पक्राउ

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको गल्ली नं. १ बाट नगत रुपैया सहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रवार साँझ महेन्द्रनगर बजारको गल्ली नं. १ को ओम नास्ता पसलमा जुवातास खेलिरहेको अबस्थामा ४४ हजार भन्दा बढी रकम सहित पाँच जना जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बेदकोट–९ बस्ने ३० वर्षीय गोपालबहादुर भण्डारी सहित पाँच जना रहेका छन् ।

प्रहरीलाई प्राप्त बिशेष सूचनाको आधारमा जिप्रका कञ्चनपुरको एक टोलीले उक्त पसलमा चेकजाँच गर्दा ४४ हजार ९४ रुपैया नगद सहित १ गड्डी तास फेला पारेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार