धम्की दिएको आरोपमा एकजना पक्राउ

प्रकाशित:

बारा । बाराको कलैया उपमहानगरपालिकाका मेयर विनोदप्रसाद साहलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

मेयर साहलाई धम्की दिएको आरोपमा प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनका ३६ वर्षीय भोला गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार अज्ञान व्यक्तिले धम्की दिएको भन्दै मेयर साहले निवेदन दिएपछि धम्की दिने व्यक्तिको खोजी गरिएको थियो । बुधबार पक्राउ परेका गिरीमाथि अनुसन्धान भइरहेको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार