Saturday, July 27, 2024

कञ्चनपुरको एक होटलमा यौनधन्दा, सञ्चालक सहित तीन जना पक्राउ

प्रकाशित:

पुनर्वास । कञ्चनपुरको एक होटलमा यौनधन्दा भईरहेको अवस्थामा सञ्चालक सहित तीन जना पक्राउ परेका छन् ।
मंगलबार बेलौरी नगरपालिका–६, हात्तीबोझामा रहेको गुगल रेष्टुरेण्टमा यौनजन्य क्रियाकलापमा संलग्न रहेको भन्दै रेष्टुरेण्ट सञ्चालक सहित तीन जना पक्राउ परेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पक्राउ पर्नेमा रेष्टुरेण्ट सञ्चालक बेलौरीकै ३० वर्षिय महिला, यौनकर्ममा रहेकी धरान घर भएकीे २४ वर्षिय युवती र भारतको पुरनपुरका ४० वर्षिय रफिक अन्सारी रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक गौरी प्रसाद जैशीले जानकारी दिए ।

प्रहरी निरिक्षक जैशीले अवैध रुपमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा सञ्चालक सहित तीन जना पक्राउ गरेको र उनीहरुलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी म्याद थप गरिएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार