Saturday, July 27, 2024

महेन्द्रनगर बसपार्कको एक होटलबाट पाँच जुवाडे पक्राउ

प्रकाशित:

महेन्द्रनगर । प्रहरीले महेन्द्रनगरको एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।मंगलबार साँझ भीमदत्त नगरपालिका–४ स्थित सहारा होटलबाट जुवातास खेलिरहेको अबस्थामा बैतडीको दशरथचन्द नगरपालिका–११ स्थायी वतन भएका होटल सञ्चालक ३७ वर्षीय गणेशसिंह बुडालसमेत पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले होटलमा चेकजाँच गर्दा ४८ हजार दुई ६० रुपैयाँ र १ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको हो । पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार