Saturday, July 27, 2024

बैजनाथ माविलाई नमुना विद्यालय बनाउन आवश्यक बजेटको पहल गरिदिन नेता लेखकलाई अनुरोध

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त–४ महेन्द्रनगरमा रहेको बैजनाथ माद्यमिक विद्यालयले नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखक संग नमूना विद्यालयका बनाउनका लागि आवश्यक पर्ने भौतिक संरचना तथा अन्य गतिविधिका लागि बजेट व्यवस्थापन गरिदिनका लागि अनुरोध गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मंगलबार विद्यालयमै एक कार्यक्रम आयोजना गरेर बैजनाथ माविका अध्यक्ष अच्युतराज कलौनी, प्रधानाध्यापक हरिराज बिष्ट, लेखा अधिकृत लक्ष्मण भट्टलगायतका शिक्षक तथा कर्मचारीहरुले नेता लेखकलाई मागपत्र बुझाएका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको संख्या र कार्यक्रमको अनुपातमा भौतिक संरचना अपुग भएको, बजेट अभावमा आधुनिक प्रविधियुक्त शिक्षण सिकाई अनुकुल गर्न नसकिएको, दुर्गम पहाडी जिल्लाहरुबाट विद्यालयमा प्राविधिक धार तर्फ अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि छात्राबास सुविधा दिन नसकिएको, विद्यालय संग पर्याप्त जग्गा हुँदाहुँदै पनि सुविधा सम्पन्न खेलमैदानको रुपमा विकसित गर्न नसकेको लगायतका मागहरु राख्दै बैजनाथ माविले नेता लेखकलाई मागपत्र बुझाएको छ ।

बैजनाथ माविलाई नमूना मावि बनाउनका लागि आवश्यक पर्ने भौतिक संरचना ( प्रविधि मैत्री विद्यालय भवन तथा फर्निचर, परीक्षा तथा गोष्ठि सेमिनार हल, प्राविधिक छात्रावास भवन), राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट खेल मैदान, जेनेरेटर र स्कुल बसका लागि बजेटको आवश्यक प्रवन्ध तथा व्यवस्थापन गरिदिनहुनका लागि विद्यालयले नेता लेखकलाई अनुरोध गरेको लेखा अधिकृत लक्ष्मण भट्टले बताए ।

बैजनाथ मावि महेन्द्रनगरमा हाल प्रारम्भिक वालविकास देखि कक्षा १२ सम्म साधारण धार तर्फ र कक्षा ९,१० कृषि प्राविधिक धार तथा डिप्लोमा तह कृषिबाली विज्ञान, पशु विज्ञान र सिभिल इन्जिनियरिङ्ग कार्यक्रम सञ्चालनमा छ । यस क्षेत्रको जेष्ठतम विद्यालयमा शैक्षिक सत्र २०८० देखि कक्षा ९ सम्म अंग्रेजी माध्यममा समेत पठनपाठन भइरहेको छ ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनीको अध्यक्षतामा गरिएको कार्यक्रममा साँसद लेखक प्रमुख अतिथि थिए ।

कार्यक्रममा भीमदत्त नगरपालिका १४ का वडा अध्यक्ष भोजराज जोशी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बिरेन्द्र बहादुर चन्द, शिक्षक अभिभावक संघका अध्यक्ष सुरक्षा खड्का कुवँर, अभिभावक एबम् समाजसेवी नवराज भट्ट लगायतका सहभागी भए ।

विद्यालयका प्रधानाध्यापक हरिराज विष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन लखा अधिकृत लक्ष्मण भट्टले गरेका थिए ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार