Saturday, July 27, 2024

पेसवानद्वारा भीमदत्तका विभिन्न वडामा आँखा शिविरः एक हजार बढीले लिए लाभ

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका तीन वडामा आँखा शिविर सम्पन्न भएको छ ।
वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालिको प्राविधिक सहयोगमा भीमदत्तका वडा नं. वडा नं. २, १३ र ७ मा आँखा शिविर सञ्चालन गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

तीन वडामा सञ्चालित आँखा शिविरबाट एक हजार भन्दा बढी वासिन्दा लाभावान्तित भएको पेसवानका सदस्य दमन चन्दले जानकारी दिए ।

भीमदत्त नगरपालिका वडा नं. २ बाट आँखा शिविर सुरुवात भएको थियो ।
भीमदत्त नगरपालिका २ स्थित सरस्वति माध्यमिक विद्यालयको प्राङगणमा आँखा शिविर आयोजना गरियो । शिविरबाट ४ सय ३७ जनाले सेवा लिए ।

त्यसमध्ये ७२ जनाको आँखाको शल्यक्रिया गरिने र त्यसमा ३५ जनाको सर्जरी २६ गते धनगढीमा गरिएको छ । बाँकीको माघ २ गते गरिनेछ ।

शल्यक्रियाको सबै खर्च च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालिले व्यहोर्ने भएका छन् । शिविरमा ९४ जनालाई निःशुल्क चश्मा पनि प्रदान गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष उत्तम भट्टले ४ सय ३७ जनाको पर्चाको रकम वडाले व्यहोर्ने बताए ।

च्यारिटी हेल्थ फाउन्डेसनले निशुःल्क शव बाहन खर्च स्वरुप लिने गरेको पर्चा वापत २५ रुपैँया लिने गरेकोमा सबै रकम वडाले दिने वडा अध्यक्ष भट्टले बताए ।

उनले आफ्नो वडामा आँखाको शिविर संञ्चालन गर्ने सबै संस्थालाई धन्यवाद व्यक्त गरे । आफ्ना वडामा जनजाती दलितहरुको बाहुल्यता रहेको र सबैले यो शिविरबाट सेवा पाएपछि खुशी भएको बताए । साथै उनले आगामी दिनमा पनि यस्तै खाले अन्य स्वास्थ्य शिविर सञ्चालन गर्न आग्रह गरे ।

भीमदत्त नगरपालिका १३ स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा सञ्चालित आँखा शिविरमा ३ सय ६५ जनाले सेवा लिएका छन् । उनीहरुमध्ये ३७ जनाको आँखाको शल्यक्रिया माघ ३ गते धनगढीमा गरिने संस्थाका सदस्य चन्दले बताए ।

शल्यक्रियाको सबै खर्च च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालयले व्यर्होनछ । शिविरमा ८७ जनालाई निःशुल्क चश्मा पनि प्रदान गरिएको छ ।

आफनै वडामा आँखाको उपचार पाएपछि स्थानिय भीम बहादुर विकले आफु खुशी व्यक्त गरे । आँखामा समस्या रहेको बताउँदै उनले बजार गएर महँगो उपचार गर्न नपर्ने बताए ।

आफनै गाउँमा शिविर आएपछि आँखाको उपचार पाएको बताए । उनले उपचारपछि चश्मा पनि पाएपछि अहिले आँखा देख्ने भएको बताए ।

आँखाको उपचार गर्नका लागि शिविरमा पुगेकी सरस्वती भण्डारीले पनि आफुले आँखा शिविरबाट उपचार पाएपछि सजिलो भएको बताईन् । उनले आँखा रसाउने, पानी आउने समस्या रहेको र आज भएको शिविरबाट आँखाको उपचार पाएपछि समस्या समाधान भएको बताईन् ।

कार्यक्रममा वडा अध्यक्ष राम बहादुर बोहराले आफनो वडामा आँखाको शिविर सञ्चालन गर्ने सबै संस्थालाई धन्यवाद व्यक्त गरे । आफनो वडामा जनजाती दलित समुदायको बाहुल्यता रहेको र सबैले यो शिविरबाट सेवा पाएपछि खुशी भएको बताए । उनले आगामी दिनमा पनि यस्तै खाले अन्य स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि पनि संस्थालाई आग्रह समेत गरे ।

भीमदत्त नगरपालिका ७ मा पुस २७ गते आँखा शिविर सञ्चालन गरिएको छ । महाकाली जनसेवा माध्यमिक विद्यालयमा गरिएको आँखा शिविरमा ३ सय ३७ जनाको आँखा जाँच गरिएको छ ।

यसमा ७० जनालाई चश्मा वितरण गरिएको छ । ५४ जनाको शल्यक्रिया गरिनेछ । शल्यक्रिया माघ ४ गते धनगढीमा गरिने सदस्य चन्द्ले बताए । उनले, माघभित्र सबै वडामा आँखा शिविर सञ्चालन गर्ने लक्ष्य राखिएको जानकारी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार