महेन्द्रनगर । बेदकोट नगरपालिकाको १४ औं नगर सभा तथा हिउँदे अधिवेशन बिहीबार सकिएको छ । नगर सभाबाट विभिन्न कानुन पारित गरिएका छन् । बेदकोट नगर कार्यापालिकाका निर्णय नरगर सभाबाट अनुमोदन गरिएका छन् ।

विद्यालय भवनमा साझेदारी र सुरक्षित मातृत्व तथा प्रजनन स्वस्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयक २०८०, सार्वजनिक निजि साझेदारी विधेयक २०८० पारित गरिएका छन् । नगर सभाबाट सडक, पुल, तटबन्ध निर्माण लगायतका ठूलो लगानीका योजना निर्माणका लागि संघीय सरकारसंग माग गरिएको छ ।

नगर सभाबाट दैजी जोगबुडा सडक, सुडा–मुसेपानी– गैरखान सडक निर्माण कार्य सम्पन्न गर्न सुदूरपश्चिम प्रदेश सरकारसित पहल गर्ने निर्णय गरिएको छ । बेदकोटका मेयर भोजराज बोहराको अध्यक्षतमा नगर सभा गरिएको छ । यस्तै, बेदकोट नगरपालिकाकाले भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको निधनमा शोक मनाएको छ ।

बेदकोट नगरपालिकाको १४ औं नगर सभामा स्वर्गिय खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौन धारण गरिएको छ । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले वडा अध्यक्षको खड्कालाई श्रद्धाञ्जली दिएर परिवारमा समवेदना दिएका छन् ।