Saturday, July 27, 2024

कञ्चनपुरका पत्रकार जोशी सम्मानित

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका पत्रकार हरिलाल जोशी सम्मननित भएका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा रहि विभिन्न सामाजिक पक्षहरुमा कलम चलाउँदै आएका पत्रकार जोशी सम्मानित भएका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार पुनर्वास नगरपालिका–३ मा रहेको कालिका कृषि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभाबाट पत्रकार जोशी सम्मनित भएका हुन् ।

पत्रकार जोशीले सहकारी संस्थाको विभिन्न कार्यक्रम एवं कारोवारहरुको उजागर हुने गरी समाचार लेखन तथा प्रकाशन गरी संस्थाको उन्नति तथा प्रगतीमा उल्लेखनिय सहयोग पुर्याएकोमा सम्मान गरिएको सहकारीका अध्यक्ष शुकबहादुर तामाङले बताए ।

२०६८ साल देखि सञ्चारकर्ममा रहेका पत्रकार जोशी श्रम–सृजना राष्ट्रिय दैनिक, हेल्लो पुनर्वास र बागमती टेलिभिजनमा गरी एक दशक देखि प्रत्रकारिता क्षेत्रमा सक्रिय छन् । एक वर्ष अघिदेखि पत्रकार जोशीले कैलाली कञ्चनपुरमा विश्व खोज दैनिक पत्रिका प्रकाशन गर्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार