दुर्घटनामा परी बैतडीका एक युवकको मृत्यु

प्रकाशित:

महेन्द्रनगर। बैतडीका एक युवकको संयुक्त अरब इमिरेट्स युएइ  मा गाडी दुर्घटनामा परी मृत्यु भएको छ । रोजगारीको शिलशिलामा एक महिना अगाडी मात्रै संयुक्त अरब इमिरेट्स युएइ पुगेका जगदीश महराको मृत्यु भएको हो ।

पुर्चौडी नगरपालिका वडा नम्बर १० बिजयपुर महरा गाउँ घर भएका २३ वर्षिय जगदीश महराको गाडीको ठक्करबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

आइतबार उनलाई गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका महराको उपचारको क्रममा मृत्यु भएको स्थानीय भान बहादुर महराले जानकारी दिए । रोजगारिको शिलशिलामा उनी एक महिना अगाडि मात्रै युएइ पुगेका थिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार