Saturday, July 27, 2024

मन्त्री प्रकाश ज्वालाको अडानले बालकुमारी घटनाः गृहमन्त्री श्रेष्ठ

प्रकाशित:

काठमाडौं  ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन्। ​

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमवार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले घटनामा इपीएस कार्यालय प्रमुखको भुमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे। उनले गृह मन्त्रालय आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको जानकारी दिए।

मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गरेको र त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट निकालिएको जानकारी दिए। मन्त्री श्रेष्ठले पुलिसले फायरिङ गरेपछि मात्रै गाडी जलेको देखिएको समितिमा जानकारी गराए।

ताजा समाचार

सम्बन्धित समाचार