Saturday, July 27, 2024

भारतबाट घर फर्किरहेका नेपाली कामदार बाटोमै लुटिए

प्रकाशित:

महेन्द्रनगर । भारतमा मजदुरी गरेर घर फर्किरहेका एक नेपाली कामदार बाटोमै लुटिएका छन् । सल्यानको कालीमाटी गाउँपालिकाका २४ वर्षीय युवराज सार्की आइतबार राति भारत उत्तराखण्डको हल्द्वानीमा लुटिएका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उत्तराखण्डको पौडी गढवालबाट मजदुरी गरेर घर फर्किरहेका उनलाई हल्द्वानीमा नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटिएको हो । १२ हजार भारु, मोबाइल र कपडाको झोला सबै लुटिएको सार्कीले बताए ।

‘हिजो राति सँगै खाना खायौं, त्यसपछि बेहोस भइहालेँ, आज होसमा आउँदा खुट्टाको जुत्ता समेत बाँकी थिएन,’ सोमबार दिउँसो गड्डाचौकी पुगेका सार्कीले भने, ‘हल्द्वानीबाट हिँडेरै आइरहेको थिएँ, एकजनाले बनवासासम्म पुग्ने भाडा र खाना खर्च दिए ।’ उनी डेढ महिनाअघि कामको खोजीमा डेढ महिनाअघि गढवाल पुगेका थिए । गढुालमा ज्याला मजदुरी गरेर उनी घर फर्किरहेका थिए ।

गड्डाचौकीस्थित नागरिक सहायता कक्षले सार्कीलाई घरसम्म पुग्ने भाडा र बाटोमा खाना खर्चको व्यवस्थापना गरेर पठाएको छ । हल्द्वानीमा लुटिएपछि अलपत्र परेर सोमबार गड्डाचौकी पुगेका नेपाली कामदार । कान्तिपुरबाट

ताजा समाचार

सम्बन्धित समाचार