कञ्चनपुरमा लागू औषध सहित ७ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित एकैदिन ७ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१८ पुस्पलाल चोक स्थित साधारण मा.बिबाट १.८६ ग्राम चरेश र अवैध लागूऔषध प्रिगाबालिन ट्याब्लेट ५ थानसहित भीमदत्त नगरपालिका–१४ पलिया बस्ने २२ वर्षीय पारस चन्दसहित तिन जना आईतवार दिउँसो पक्राउ परेका हुन्।

अस्थाई प्रहरी बिट पुष्पलाल चोक कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ।

यस्तै पुर्नबास नगरपालिका–११ भिम बस्तिबाट ८०५ मिलिग्राम लागूऔषध (खैरो हिरोइन) र अवैध लागूऔषध निटकोर–१० (निट्राजिपाम) लेखेको ट्याब्लेट १५ थानसहित सोही वडा नम्बर–५ बस्ने २९ वर्षीय कृष्ण बडुसहित चार जना आईतवार दिउँसो पक्राउ परेका हुन्।

बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित फेला पारी चारै जनालाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार