Saturday, July 27, 2024

दोस्रो युद्ध विराममा विपिन जोशीलाई नेपाल फर्काउन सफल हुने छौँः परराष्ट्रमन्त्री साउँद

प्रकाशित:

महेन्द्रनगर । परराष्ट्रमन्त्री एनपी साउदले दोस्रो युद्धविराम भए लगतै कञ्चनपुरका विपिन जोशीलाई नेपाल फर्काउनमा आफुहरु सफल हुने बताएका छन् । सामुदायी रेडियो शुक्लाफाटा एफएमको १७ औ वार्षिकत्सव समारोहमा गृह जिल्ला कञ्चनपुर पुगेका परराष्ट्रमन्त्री साउदले लगाएत सम्बन्धीत निकायहरुसंग सरकारले पटक–पटक वार्ता र संम्वाद गरिरहेको कारणदोस्रो युद्धविराम भए लगतै कञ्चनपुरका विपिन जोशीलाई नेपाल फर्काउनमा आफुहरु सफल हुने बताएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आईतबार वार्षिकत्सव र समारोहमा बोल्दै साउदले धेरै मानिसहरुले पहिलो युद्धविराममा अरु देशलेहरुले आप्ना नागरिक रिहा गरेर शकुसल घर फर्काउन सफल भए तर नेपाल सरकारले किन विपिन जोशी लाई रिहा गर्ने सकेन त भनेर भनिरहेका छन् ‘उनले भने,‘पहिलो युद्धविरामको बेला महिला तथा वृद्धहरुलाई रिहा गर्ने पहिलो प्रथमिकतामा राखेको थियो,‘अब दोस्रो युद्धविराम लागे लगतै उच्च जोशीलाई उच्च प्राथकिमकताका राखि हाम्रो छोरा, हाम्रो बच्चा सुरक्षीत नेपाल ल्याउने परराष्ट्रमन्त्रीको भनाई रहेको छ ।

साथै कार्यक्रममा बोल्दै मन्त्री साउदले रुसी सेनामा नेपालीहरुलाई नजान समेत आग्रह गरेका छन् । दलाल तथा विभिन्न चोर बाटो हुदै रुसी सेनामा पुगेका नेपालीहरुको मृत्युको खबर दिनानु दिन सुनिरहेको बताउदै मन्त्री साउदले रोजगारीको लागि त्यस्तो ठाउँमा नजानका लागि आग्रह गरेका छन् ।

साथै नेपाली हरुलाई रुसी सेनामाम भर्ती नगराउन रुस सरकारसंग नेपाल सरकारले छलफल गरिरहेको र रुसी सेनामा गएकाहरुलाई समेत सकुसल नेपाल फर्कन सरकारले आग्रह गरिरहेको बताए । मन्त्री साउदले समस्या ग्रस्त क्षेत्र रुसमा नगई नेपालमै केहि काम गर्ने आग्रह गरेका छन् । रोजगारीको लागि ज्यानको बाजी लगाउदै विदेश पलाएन हुने युवाहरुलाई विभिन्न सिप सीकाउदै आय आर्जन संग जोड्न सके विदेश पलाएन हुनबाट सकिने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार