Saturday, July 27, 2024

बैजनाथमा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुद्वारा पुस १५ मा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण

प्रकाशित:

-महेन्द्रनगर । महेन्द्रनगरको बैजनाथ माद्यमिक विद्यालयले पुस १५ को अवसरमा अनाथालयका बालबालिकाहरुलाई मिठाई तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आज पुस १५ कोे अवसरमा बैजनाथ माविको अंग्रेजी माध्यममा कक्षा ५ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले आर्थिक संकलन गरेर समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिकाहरुलाई मिठाई र शैक्षिक सामग्री वितरण गरेका हुन् ।

बैजनाथ माविको अंग्रेजी माध्यममा अध्ययनरत विद्यार्थीहरुले निःस्वार्थ भावनाले रकम संकलन गरेर अनाथ बालबालिकाहरुका लागी आजको दिन विशेष मनाउनका एक सानो जमर्को गरेको बैजनाथ मावि महेन्द्रनगरका लेखा अधिकृत लक्ष्मण भट्टले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार