Saturday, July 27, 2024

बालकुमारी घट्नामा मारिएका अछामका शाहको परिवारलाई दुई लाख क्षतिपूर्ति दिने

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारी घट्नामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपियाँ दिने भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले शाहको निधनले आफू दुखी भएको बताउदै परिवारजनको पीडामा मल्हम लगाउन दुई लाख रुपियाँ राहत दिने बताउनुभयो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यसैवीच शाहका हत्यारालाई कारवाहीको माग गर्दे धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अघि प्रदर्शन भएको छ । प्रदर्शनकारीले मृतकको शव अछाम पुगाउनु पर्ने, मृतकलाई शहिद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति, आफन्तलाई रोजगारी र आमाबुवालाई पालनपोषण गर्नु पर्ने लगायतका आठ बुँदे माग राखेको मृतकका आफन्त भरतबहादुर शाहले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार