Saturday, July 27, 2024

घटाल बाबा मन्दिर धार्मिक पर्यटकको गन्तव्य बन्दै

प्रकाशित:

सन्तोष धानुक/महेन्द्रनगर, १३ पुस । कञ्चनपुरको बेदकोट नगरपालिकाको-४ को बैतडामा अवस्थित श्री घटाल बाबाको मन्दिर पर्यटकीय तथा धार्मिक स्थलको रूपमा चिनिदै आएको छ् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

श्री घटाल बाबा मन्दिर करिब ४५ वर्ष अगाडि स्थापना भएको थियो । राजा महेन्द्र सरकार आफू बिरामी परेको समयमा त्यहाँका धामी कहाँ हेराउन गएका थिए, हेराउन गएका राजा पुर्ण रुपमा सञ्चो भएको जन बिस्वास अहिलेसम्म समेत रहेको छ् । त्यसैगरी राजाले आफु सञ्चो भएको खुशीमा उक्त घटाल बाबाको मन्दिर निर्माणका लागि उक्त जमिन दिएको त्यस क्षेत्रका स्थानीय जैभान जाग्रीले जानकारी दिएका छन् ।

उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूले घटाल बाबाको मन्दिरमा हरेक दिन विभिन्न ठाउँहरूबाट पूजापाठ गर्नका लागि भक्तजनहरू आउँने गरेका बताएका छन् भने, विशेषगरी कञ्चनपुर र कैलालीका मानिसहरू धेरै मात्रमा उक्त क्षेत्रमा आउँने गरेको स्थानीयहरूले बताए ।

त्यसैगरी बिगत ४५ वर्षदेखि उक्त क्षेत्र धार्मिक स्थलको रूपमा चिनिदै आएको छ् । मानिसहरूले आफूले भाकल गरेको कुराहरू पूरा हुने र बिरामी भएका, भुत प्रेतले सताएका ,घरायसी समस्याहरू लगाएतका कुराहरू उक्त मन्दिरमा आएर भाकल गर्दा सबै समस्याहरू समाधान हुने गरेको बिस्वास रहेको छ् ।

त्यसैगरी उक्त मन्दिरमा शान्तिपूर्ण वतावारण देखि लिएर भक्तजनको लागि भ्रमण स्थल समेत रहेको छ् । उक्त क्षेत्रमा रहेको मन्दिरको भैतिक संरचना निर्माणका लागि स्थानीय सरकारको ध्यानाकर्षण हुनु आवश्यक रहेको स्थानीयहरुको भनाई रहेको छ् ।

उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीय तेज बहादुर धानुकले मन्दिरको अवस्था जिर्ण बन्दै गइरहेको बताए । उनले भने, “सबैको आकर्षण बनेको उक्त मन्दिरको सबै पुर्वाधारहरु नै जिर्ण बन्दै गइरहँदा मन्दिर व्यस्थापनका लागि स्थानीय सरकाले विशेष रूपमा ध्यान दिनुपर्ने उनले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार