Tuesday, April 16, 2024

स्कुल पढ्ने उमेरमा महाकालीको बालुवा-गिट्टी संग मितेरी…

प्रकाशित:

-ऐश्वर्या कुवँर ।
महेन्द्रनगर । महाकाली नदीमा चल्ने पुस महिनाको चिसो बतास, गाडी–घोडाको गड्गडाहट, बालुवा–गिट्टी संकलन गर्नेहरुको ताती, थर्कमान माहोलका बिच ‘फूल चिडिया’ जस्तै सरस्वती र उनको बेसाहार परिवार महाकाली बगरमा भेटिन्छ ।

पुस महिनाको ‘ठण्डी’मा तापौं तापौं लाग्ने घामका किरण, १५–१७ वर्षे साथी सर्कलको रमाइलोमा बित्ने बैँस, विद्यालय पढ्ने उत्सुकतालाई चटक्कै माया मारी महाकाली नदीको बगरमा बालुवा चाल्न किन विवस हुन्छ, मान्छे ? किन यति निष्ठरी हुन्छ, समय ?

No description available.

बालुवा चालेरै जीवन निर्वाह गर्नेहरु भेट्टिन्छन्, महाकाली बगरमा । सयौं परिवार विवस छन, समयको अगाडी, उनी ‘हौँस’ले होइनन् । बेरोजगारी र समयले लखेट्दा पेट पाल्न महाकाली नदीको बगरमा बालुवा गिट्टी संग खेल्न पुगेका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको ११, १२ र १३ को महाकाली बगरमा पेटपाल्नकै लागि जिल्लाको विभिन्न ठाउँ र जिल्ला बाहिरका समेत आउने गरेका छन् । कोहि कलिलो उमेरमै परिवार पाल्नु पर्ने जिम्मेवारीले डो¥याउदै, कोहि बुढेसकालमा बेसहारा हुँदा महाकाली बगरमा बालुवागिट्टी चाल्न विवस छन् ।

फिल्ड…
महाकाली बगरमा सयौंको भीडमा एउटा १७ बर्षिय किशोरी जो अरु भन्दा निकै भिन्न छिन् । ‘फूल चिडिया’ गोरी फुल जस्तै कोमल, मिलेको जिउडाल, शुन्दर, हसीलो अनुहार, ठुला काला आँखा, लामो केश, दाया गालामा डिम्पल र त्यस्तै लजालु ।
लागिरहेको छ, कतै जीवनको तालमेल नमिले झै । साथमा जिम्मेवारीको पहाडले थिचिएको जस्तो उनको महशुस । बगरमा बालुवा चाल्दै बितिरहेका दिनहरु ।

No description available.

म रिर्पाटिङका लागि महाकाली नदी किनार पुग्दै गर्दा उनी भएको ठाउँमा पुगेर मेरो पाइला अड्किए । ‘फूल चिडिया’ यानि ति किशोरी एउटा ढुङगामा बसेर बेउरीको अचार संग सुख्खा रोटीखादै गरेको दृश्यले मेरो मन कताकता निकै भाबुक बनायो ।

नजिकै एउटा बुढी आमा त्यसैगरी हातमा रोटी खादै थिईन । त्यो महाकालीको बगरमा सुख्खा रोटी संग बेउरीको अचारले घाटी बटारी बटारी पानीको घुट्कीले  रोटी निलिरहेकी बुढी आमा तिनै किशोरीकि आमा रहिछिन् । अलि पर दुब्लो, अस्वस्थ, कमजोर, बृद्ध पनि किशोरीका बुवा रहेछन् । उनी पनि त्यसरी नै पानीको घुट्कीले रोटी निल्दै थिए ।

No description available.

उनी किशोरी हुन्, डडेल्धुराको रुपाल गाउँपालिकाकी १७ वर्षीय सरस्वती ठकुराठी । सरस्वती जन्मेको केही दिनमै सरस्वतीका बुवालाई दिर्घ रोगले च्याप्यो । सरस्वतीका दुई दाजु भाई र एउटा दिदि छन् । दिदिको विहे भइसकेको छ । जेठो दाईको पनि बिहे भएर लालाबाला सहित उनी छिमेकी मूलुक भारत हानिएका छन् ।

अब उनका बुबालाई ‘बाह्र छोरा अठार नाती, बुढाको कानको जुवा कानै माथी’ भने झै भएको छ । सरस्वतीकी आमाको पहाडमै रुख काट्ने क्रममा खुट्टा भाचिए अपाङ्ग भएकी छिन् । गाँउको विद्यालयबाटै सरस्वती कक्षा आठ पास गरेकी छिन् ।

एका तर्फ बिरामी बुवाको खर्च धान्न धौ—धौ ! अब परिवारको पुरै जिम्मेवारी सरस्वतीको काधमा आयो । घरमुली बुवा नै बिरामीले थला परेपछि परिवारको हातमुख जोर्ने शक्ति नै बन्द भयो ।

No description available.

समस्याबाट गुज्रिरहेको परिवारलाई त्यसपछि झनै गाह्रो भएकोे सरस्वती बताउछिन् । उनी भन्छिन्, ‘बुढा बुवाआमालाई कमाएर मलाई पढाउनुहोस भन्न पनि त भएन ।’ उनी भन्छिन्, ‘डडेल्धुराको विकट ठाउँमा जन्म लिनु मेरो ठुलो गल्ती भयो । मनमा धेरै पढ्न ईच्छा थियो । पढेर ठुली मान्छे बन्ने सपना हँुदाहुदै पनि परिवारको आर्थिक अभावका कारण पढाईलाई विट मार्नु प¥यो ।’

पहाडमा खान लगाउन तथा बुवाको औषधीको लागि समेत खर्च जुटाउन समस्या भएको कारण महेन्द्रनगर घर भएकी उनकी दिदीले यहाँ आउन आग्रह गरिन् । हाल कञ्चनपुरको भीमदत्त–५ मा डेरा गरी साहुँको जमिन कमाउने ‘अधिया’ गरिरहेको पनि सरस्वती बताउछिन् ।

आठ कक्षा उत्तीर्ण गरेकी सरस्वतीले पढाइलाई निरन्तरता दिन नसकेपनी केहि महिना ‘अधीया’ काटेको धानको ज्यालाले सिलाई कटाई सिकेको बताउछिन् ।

No description available.

‘चार हजार पैसा तिरेर सिलाई कटाई तालिम लिए, अझै थप तालिम आवश्यक छ, म संग पैसा नहुँदा बिचमै छोड्नु प¥यो ।’ उनी भन्छिन् । ‘लेडिज कपडा सबै सिलाउन आउछ । अलिकति कमाएर जोड्न पाए, कि त कतै बाट सहयोग पाए सिलाई कटाईको पसल गरेरै भएपनि बुवा आमालाई पाल्छु भन्ने अठोट लिएकी छु ।’

महाकाली नदीको बगरबाट बालुवा संकलन गरेर बेच्नका लागि त्याहा पुगेको तर किन्ने मान्छे नभेट्टीएर हैरान भएको सरस्वती बताउछिन् । विद्यालय पढ्ने, रमाउने, साथीभाईहरु संग खेल्ने उमेरमा परिवारको जिम्मेवारी उठाउनु परेको भएपनि पढ्न र सीप सिक्नकालागि कहि कतै बाट सहयोग भएमा आफु पछि नहट्ने सरस्वती बताउछिन् ।

आत्मनिर्भर बन्नका लागि आफु समय र समाज संग लडिरहेको उनी बताउछिन् ।

ताजा समाचार

सम्बन्धित समाचार