Saturday, July 27, 2024

कञ्चनपुरमा एक किशोरीमाथि बलात्कार, युवक पक्राउ

प्रकाशित:

-महेन्द्रनगर । कञ्चनपुरमा बालिकामाथि बलात्कार भएको छ । कञ्चनपुरको भीमदत्त–१९ बागफाँटाकी १७ वर्षिय एक बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गत मंगलबार बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको हो । पीडित बालिकाको परिवारले आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेर जाहेरी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपरका प्रहरी उपरिक्षक प्रकास डाँगीका अनुसार बालिकाको जाहेरीका आधारमा एक युवकलाई पक्राउ गरिएको छ ।

सोहि ठाउँका २७ वर्षिय प्रेम प्रकास जोशी पक्राउ परेका छन् । पक्राउ परेका जोशी र घटनाबारे थप अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार