Saturday, July 27, 2024

विप्लव निकट अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा घरडी

प्रकाशित:

महेन्द्रनगर । कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० कञ्चनपुरको १८ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्लाको महेन्द्रनगरमा स्थित उद्योग वाणिज्य संघको हलमा भएको सम्मेलनले अनील सी को नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्मेलन सम्पन्न भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

संगठनको जिल्ला अध्यक्ष अनील घरडी,उपाध्यक्ष प्रकाश विक , सचिवमा सरिता गिरी, सह सचिव वीरेन्द्र विक र कोषाध्यक्षमा ललित मिश्र पदाधिकारी सहित ३१ सदस्यीय जिल्ला समिति चयन भएको छ । अनिल सी को अध्यक्षतामा भएको सम्मेलनमा प्रमुख अथिति नेकपा महाकाली ब्युरोका इन्चार्ज समर सी सहभागी रहेका थिए ।

प्रमुख अथिति समर सी ले शिक्षा क्षेत्रका विकृति विसंगतिको अन्त्यका लागि अखिल क्रान्तिकारीले भूमिका खेल्नुपर्ने बताए । नेपाल हाल रहेको विभेदकारी शिक्षाको विकल्प भनेको वैज्ञानिक समाजवादी शिक्षा हो , उनले भने । वर्तमान समयमा रहेको संसदीय व्यवस्थाको असफलताले दैनिक रुपमा विद्यार्थीमाथि समस्या लादिएको बताए । त्यस्तै अर्का वक्ता अखिल क्रान्तिकारी केन्द्रीय सचिव प्रकाश सी ले युवाहरुलाई विदेश पलायन गर्ने , बेरोजगार पैदा गर्ने शिक्षाको नीतिमा परिवर्तन हुनु जरुरी रहेको बताए ।

निजी विद्यालय तथा कलेजका नाममा भइरहेको व्यापारिकरण अन्त्य गर्न अखिल क्रान्तिकारीले विगत देखि संघर्ष गर्दै आएको र आउँदा दिनमा पनि संघर्ष गर्ने उनले बताए । अखिल ९क्रान्तिकारी० को सो सम्मेलनमा अथितीहरु नेकपा केन्द्रीय सदस्य विराट सी,कमल सी तथा अखिल क्रान्तिकारी केन्द्रीय सचिव प्रकाश सी, सचिवयलय सदस्य बबर सी, संगठनका महाकाली ब्युरो इन्चार्ज शंकर सी, ललित सी लगायत अन्य जबस नेताकार्यकर्ता र विभिन्न क्याम्पस कलेजका विद्यार्थीको सहभागिता छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार