Saturday, July 27, 2024

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बालविवाह मुक्त अभियान

प्रकाशित:

सञ्जु महर/ महेन्द्रनगर । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बालविवाह न्यूनीकरण अभियान सञ्चालन भएको छ् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उक्त गाउँपालिका मंगलबार देखि “मालिकार्जुनको शान : बालविवाह मुक्त गाउँपालिकाको हाम्रो अभियान ” भन्ने नाराका साथ अघि बढेको हो ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ उकु बालविवाह मुक्त वडा घोषणा भएको थियो भने, मंगलबार उक्त गाउँपालिकाको वडा नम्बर-६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । त्यसैगरी अभियानलाई अघि सार्दै आज मालिकार्जुन गाउँपालिकाको वडा नं-२ (भगवती) मा समेत बालविवाह मुक्त घोषणा भएको छ् ।

सामुदायिक सहजकर्ता रतन महरले आफुले राखेकाे लक्ष्य अनुसार काम गरिरहेको र गनिको आर्थिक सहयोगमा उक्त अभियान सञ्चालन भएको बताएका छन् । उनले भने,”अझैपनि उक्त काममा स्थानीय सरकारले निरन्तर काम गराेस र कागजमा मात्र नभएर व्यवहारमा पनि कार्यनवयन हुनुपर्छ, साथै २०८२ साल सम्म समेत उक्त गाउँपालिकालाई बाल बिवाह मुक्त घाेषणा गर्ने लक्ष्य अनुसार अगाडि बढिरहेका महरले बताए ।”

ताजा समाचार

सम्बन्धित समाचार