महेन्द्रनगर । कञ्चनपुर अवस्थित एक वृद्धाश्रम ढेड लाख सहित पुरस्कृत भएको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
महिला अधिकारकर्मी शारदा चन्दले भीनपा–६ बनखेतमा सञ्चालन गरेको महिला तथा वृद्ध सेवा केन्द्र (वृद्धाश्रम) ढेड लाख रुपैयाँ सहित पुरस्कृत भएको हो ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ज्येष्ठ नागरिक संरक्षण शाखाले महेन्द्रनगरको महिला तथा वृद्ध सेवा केन्द्र (वृद्धाश्रम) लाई पुरस्कृत गरेको हो ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पुष ६ गते बसेको मन्त्रीस्तरको निर्णय अनुसार महेन्द्रनगरको बनखेतमा रहेको उक्त संस्थालाई उत्कृष्ट ज्येष्ठ नागरिक संस्थाको रुपमा रु १ लाख ५० हजार नगद सहित पुरस्कृत गरेको अध्यक्ष चन्दले बताइन् ।