कैलालीमा आगो ताप्दै बसेकी ७९ वर्षीय वृद्धाको जलेर मृत्यु

प्रकाशित:

धनगढी । कैलालीमा आगोले जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले घरको आगनमा बालेको आगो ताप्ने क्रममा सोमबार बिहान जलेर बडुवालको मृत्यु भएको जानकारी दिए । उनकाअनुसार घटनाबारे इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार