Saturday, July 27, 2024

कञ्चनपुरका भण्डारीलाई हराउदै डडेल्धुराका जोशी होटल व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा विजयी

प्रकाशित:

महेन्द्रनगर । होटल व्यवसायी महासंघ, सुदूरपश्चिमको अध्यक्षमा डडेल्धुराका रमेश प्रसाद जोशी विजयी भएका छन् । कञ्चनपुरका होटल व्यवसायी एवं पर्यटन उद्यमी परमानन्द भण्डारीलाई पराजित गर्दै डडेल्धुराका जोशी अध्यक्षमा विजयी भएका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

डडेल्धुरामा रहेको क्लासिक होटलका सञ्चालक समेत रहेका जोशीले २४ मत सहित विजय हासिल गर्दा कञ्चनपुरका भण्डारीले १७ मत मात्रै पाए । कञ्चनपुरका भण्डारी होटल न्यू आनन्द एवं सिद्धार्थका सञ्चालक हुन् ।

त्यस्तै उपाध्यक्षमा कञ्चनपुरकै रामचन्द्र रेग्मी, महासचिवमा तेजबहादुर बोहरा, कोषाध्यक्ष ज्ञानेन्द्रबहादुर सिह भने सर्वसम्मत चयन भएका छन् ।

सदस्यमा विष्णा बोहरा, सीता चौधरी, पूजा रावल, मनिषा खत्री, ज्ञानबहादुर चौधरी, सन्तोष नाथ, भीम देउवा, दिपकबहादुर रावर र नरेन्द्रबहादुर चन्द चयन भएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार