Saturday, July 27, 2024

बुढीगंगा नगरपालिकाका नगर प्रमुख बानियाँले दिए पत्रकार सिंहलाई अपशब्द प्रयोग गर्दै गाली

प्रकाशित:

महेन्द्रनगर । बाजुराको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम सिंहलाई सामाजिक सञ्जाल फेसवुक मार्फत गाली गरेका छन् । नगर प्रमुख बानियाँले सामाजिक सञ्जाल फेसवुकमा पत्रकार सिंहले पोस्ट गरेको फेसवुक स्टार्टसमा कमेन्ट लेख्दै अपशब्द सहितको गाली गरेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुढीगंगा नगरपालिकाले करार सेवामा खेलकुद प्रशिक्षक पदपूर्तिका लागि बिज्ञापन मिती २०८०र०८र१५ गते प्रथम पटक गरेको थियो । उक्त बिज्ञापनका बिषयमा पत्रकार सिंहले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् । भलिबलका लागि बुढीगंगा नगरपालिका उर्भर भुमि हो, नगरपालिकाले भलिबल प्रशिक्षको लागि सुचना करिव एक महिना अगाडी निकालेर बाहिर टास नगरेर वेएवसाईटमा राखेको रहेछ, कति जनाको निवेदन आयो होला रु

मैले चाहिँ सुरेश खड्का भाईले म्याद सकिए पछि थाहा पाएपछि सामाजिक संजालमा हालेको भएर थाहा पाए , नगरपालिकाको एक कार्यकर्ता भर्ति गर्ने सेटिङवाला काम बुढीगंगा नगरपालिका बिज्ञापनको म्याद सकिएपछि जानकारी पाउनु दुःखद बिषय रहेको पत्रकार सिंहको भनाई छ । बिज्ञापन खोलेर सर्वसाधारणलाई जानकारी नगराएको उनको आरोप छ ।

उसो त उक्त बिज्ञापन एक महिला अगाडी खोलिएको भएपनी बाहिर प्रकाशित नभएको आरोप छ । नगरको वेबसाईटमा मात्रै राखेर दुरदराजका नागरिकले जानकारी कसरी पाउन्छन् रु पत्रकार सिंहले प्रश्न गरेका छन् सबैठाउँ नेट्वोर्कको पहुँच छैन, सबैले नेट चलाउदैनन्, नगरको वेबसाईटमा मात्रै राखेर सबैले कसरी सूचना पाउन्छन् रु

सबैले थाहा पाउनका लागि त सार्वजनिक रुपमा सूचना गर्नुपर्ने हो, कि त प्रत्येक वडा मार्फत सूचना गर्नुपर्ने हो । पत्रकार सिंहले आफ्ना नजिकका व्यक्तिलाई सिफारिस गर्ने उदेश्यले गोप्य रुपमा बिज्ञापन खोलिएको आरोप सामाजिक सञ्जाल फेसवुक स्टार्टस मार्फत लगाएपछि नगर प्रमुख बानियाँले कमेन्ट लेख्दै गाली गरेका हुन् ।

नगर प्रमुख बानियाँले कमेन्टमा लेखेका छन् पदम सिंहलाई नसोधी बिज्ञापन गरेछन् , कस्तो नजान्ने छन् त काममा, बिज्ञापन कहाँ गर्नुपर्छ भन्ने थाहा नपाउने –– के नाम बेच्छन् पत्रकारको भन्दै अपशब्द प्रयोग गर्दै उनले गरेको कमेन्ट यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । यतिबेला नगर प्रमुख बानियाँ र बुढीगंगा नगरपालिका चर्चाको बिषय बनिरहेको छ । नगर प्रमुख बानियाँको चर्को आलोचना भैरहेको छ । नगर प्रमुख बानियाँ नेकपा एमालेबाट निर्वाचित नगर प्रमुख हुन् ।

नगर प्रमुख जस्तो गरिमामय पदमा बसेको व्यक्तिले लेखेको गैरजिम्मेवार कमेन्टको बिषयलाई लिएर धेरैले टिकाटिप्पणी गरिरहेका छन् । नगर प्रमुख बानियाँको यो कमेन्टले उनको राजनीति जीवनको र उनको नगर प्रमुख जस्तो जिम्मेवार पद माथी नैतिकताको प्रश्न चिन्ह खडा गरेको छ । नगर प्रमुख भैसकेपछि जे पनि गर्न पाइन्छ भन्ने प्रवृत्तिको विकास भएको त हैन

जिम्मेवार व्यक्तिले प्रयोग गर्ने भाषा यहीँ हो भन्दै प्रमुख बानियाँलाई यतिबेला सामाजिक सञ्जाल फेसवुकका माध्यमबाट गिज्याइरहेका छन् । नगरको विकासका लागि उनले तय गरेको समृद्ध बुढीगंगा र सुखी बुढीगंगा वासीको अभिभारा कता तिर जादै छ भन्ने कुरा प्रमुख बानियाँको यहीँ कमेन्टले चरितार्थ गरेको छ की नगर प्रमुख बानियाँले चाहेको विकास कस्तो हो भन्ने कुरा एक स्थानीयले भने, अहिले उनलाई नैतिकताको प्रश्न सर्वसाधारणले सोधिरहेका छन्।

उसो त नगर प्रमुख बानियाँ पटकपटक बिबादित बन्दै आएका छन् । सुरुमा निर्वाचित भएको केही समय पछि एक साता भित्र बैकल्पिक सडक सञ्चालनमा ल्याउन्छु भनेर गरेको प्रतिबद्धता लामो समय सम्म पनि पूरा गर्न नसक्दा आलोचित बनेका बानियाँ पटकपटक आलोचना खेप्न बाध्य छन् । केही राम्रा कामको सुरुवात आफू निर्वाचित भएपछि भएको दाबी गर्ने उनी पटकपटक बिबादमा मुछिदै आएका छन् ।

यस्तो भन्छन् नगर प्रमुख बानियाँ 
यता नगर प्रमुख राम बहादुर बानियाँलाई सोध्दा आफुले लेखेको कमेन्टलाई गलत अर्थ नलगाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक रुपमा गाली गरेका नगर प्रमुख बानियाँले उल्टै आफ्नो कमजोरी स्वीकार गर्नुको सट्टा गलत अर्थ नलगाउन आग्रह गर्दै मुख्य जिम्मेवार व्यक्तिहरु भन्न खोजेको बताएका छन् । आफ्नो कमजोरी लुकाउन अहिले सक्रिय देखिएका बानियाँले अन्ततः आफुले नलेखेको अरुले नै लेखिदिएको जिकिर गरेका छन् । उनको यो दोहोरो चरित्रले उनले गरेको गलत कामलाई चरितार्थ गरेको छ ।

पटकपटक बिबादित बन्छन्र नगर प्रमुख बाँनिया 

उसो त पुराना कर्मचारीलाई हटाएर नयाँ राखेका कर्मचारीहरु सबै एमाले निकटका नै रहेको व्यापक जनगुनासो छ । पुराना कर्मचारीलाई विभिन्न बाहानामा हटाएर आफ्नालाई भर्ती गरेको आरोप प्रतिपक्षी दलले लगाउदै आएको छ । यतिमात्र होईन पार्टीका नेताहरुको निर्देशनमा नगरपालिका चलाइरहेको आरोप पनि छ ।

उपल्लो निकायका आफ्ना व्यक्तिहरुको सेटिङमा नगरपालिका चलाउने गरेको आरोप प्रतिपक्षी दलका नेताहरुले लगाउने गरेका छन् । नगरपालिकालाई आफ्ना पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइएको, जनताबाट निर्वाचित जनप्रतिनिधि पार्टीका कार्यकर्ता र आफ्ना नातेदारहरु संरक्षण गर्नमै व्यस्त भएको भन्दै नगर प्रमुख बाँनियाको व्यापक आलोचना भैरहेको छ ।

अन्य पालिकाको तुलनामा थुप्रै राम्रा कामहरूको सुरुवात आफू र आफ्नो बुढीगंगा नगरपालिकाले गर्दै आएको दाबी गर्दै आउनु भएका नगर प्रमुख बाँनिया पटक–पटक आलोचित बन्दै आएका छन् । नगरप्रमुखले आफ्नो सचिवालयमा आफ्ना कार्यकर्ताहरु राखेको र फजुल खर्च गरेको आरोप छ ।

ताजा समाचार

सम्बन्धित समाचार