Saturday, July 27, 2024

भीमदत्तका किसानलाई अनुदानमा हाते ट्याक्टर, डा. भट्टले गरे हस्तान्तरण

प्रकाशित:

महेन्द्रनगर। भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ। संघीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्याक्टर वितरण गरिएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार एक कार्यक्रमकाबीच पूर्वसांसद डा.दीपक प्रकाश भट्टले हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गरे। कृषिमा आधुनिकरणका साथै व्यवसायिक कृषिमा हाते ट्याक्टरले सहजता थप्ने उनले बताए।

भीमदत्त नगरपालिका वडा नम्बर ७ का अध्यक्ष गणेशबहादुर चन्दले ५० प्रतिशत कृषकको लागतमा हाते ट्याक्टर वितरण गरिएको बताए।

‘पहिलो पटक ३५ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ। यो ट्याक्टर कृषकले आधा सहुलियतमा पाएका हुन,’ उनले भने, ‘कृषिमा यान्त्रिकरण गर्ने उद्धेश्यले अनुदानमा ट्याक्टर वितरण गरिएको हो।’

अनुदानमा ट्याक्टर पाएपछि किसान खुसी भएका छन्। खेत जोत्नका लागि अनुदानमा ट्याक्टर पाएपछि निकै सहज हुने भीमदत्त नगरपालिका–७ का स्थानीय खेमराज भट्टले बताए।

‘गोरु वा भाडामा ट्याक्टर ल्याएर खेत जोत्नुप(थ्यो। अब त्यो बाध्यता हटेको छ,’उनले भने,‘खेत जोत्नका लागि थोरै समय लाग्नेछ। अनुदानमा ट्याक्टर पाउँदा निकै खुसी लागेको छ।’ किसानले अनुदानमा एक लाख २५ हजार रुपैयाँको लागतमा ट्याक्टर पाएका हुन।

ताजा समाचार

सम्बन्धित समाचार