Saturday, July 27, 2024

जन्मदिनको अवसरमा हात्ती पीडितलाई खाद्यान्न वितरण

प्रकाशित:

-दोधारा चाँदनी । सामाजसेवी भिम कुमालले आफ्नो जन्मदिनको अवसरमा हात्तीपिडित चम्फा सार्कीको घरपरिवारलाई खाद्यान्न दिएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल निवासी चम्फा सार्कीको घरपरिवारलाई चामल, दाल, खाने तेल, साबुन लगाएत सामग्री हस्तान्तरण गरेका छन् ।

झण्डै ३ महिना अघि भारतिय जंगलबाट बस्ती पसेको हात्तीले चम्फा सार्कीको घर भत्काईदिएका थियो । हात्तीले घर भत्काएपछि कहिले उनि नजिकै रहेको गणेश आधारभुत बिद्यालय, कहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।

हात्तीले घरमा भएको खाद्यान्न, लत्ताकपडा लगाएत सबै सामग्री नष्ट गरेपछि चम्फालाई एक छोरा र एक छोरीलाई छाक टार्न हम्मे हम्मे पर्दै आएको छ ।

खाद्यान्नको अभाव संगै दोधारा चाँदनी नगरपालिका– २ निवासी तथा सामाजसेवी भिम कुमालले आफ्नो जन्मदिनको अवसरमा केही दिनको लागी छाक टार्न खाद्यान्न दिएको बताएका छन् ।

‘चम्फाको घरमा खाद्यान्न अभाव भएको थाहा पाएपछि थोरै दिनको लागी भएपनि खाद्यान्न दिएको हु’ भिम कुमालले भने । खाद्यान्न पाएपछि चम्फा सार्की खुशी भएका छन् ।

दाता कुमाललाई चम्फाले आशिष दिएका हुन् । केही दिन अघि हात्तीले दिपक औजी, अमर मगर र रने सार्की, लिला मगर र चम्फा सार्कीको घर तथा भान्सा भत्काएर खाद्यान्न, भाडाकुडा, लत्ताकपडाको क्षती बनाएको हो ।

अहिले आए्र हात्तीले नन्दलाल मगर, शोनम मगर, अमर खत्री, खेम बहादुर खत्री लगाएत एक दर्जन भन्दा बढी स्थानियहरुको गहुँवाली कुल्चेर नष्ट गर्दै आएको स्थानियबासीहरुले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार