Saturday, May 25, 2024

घरबाटो सिफारिस गरिदिन ५ लाख घुस लिने क्रममा वडाध्यक्ष पक्राउ

प्रकाशित:

काठमाडौं । ५ लाख रुपैयाँ घुससहित बाराका एक वडाअध्यक्ष पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका-३का वडाअध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ ।

घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रवक्ता नरहरि घिमिरेले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिने घिमिरेले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार