Saturday, July 27, 2024

एन्टिबायोटिकको दुरुपयोग पशुहरूमा बढ्दै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा पशुहरूमा एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दै गइरहेको छ् । कञ्चनपुरको भेट्नरी पशु कार्यालयका डा. प्रदीपराज पन्तले चिकित्सकहरूको सल्लाहअनुसार औषधिको प्रयोग नगर्नाले पशुहरूमा एन्टिबायोटिक बढ्दै गइरहेको बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनले भने, “एन्टिबायोटिक औषधीको प्रयोग मानिस र पशुहरूमा जीवाणु संक्रमणको उपचारको लागि प्रयोग गरिन्छ भने उक्त औषधिको प्रयोगमा लापरबाही भएमा यही औषधि नै मानिस तथा पशु दुवैको मृत्युको कारण समेत बन्न सक्छ । एन्टिबायोटिकको दुरुपयोगको कारणले गर्दा धेरै जसो जीवाणुहरू उक्त औषधिको प्रतिरोध गर्न सक्षम भएका छन् र जसका कारणले गर्दा यिनमा उक्त औषधिको प्रभाव शून्य वा कम हुने गर्छ । यस्ता प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशु तथा मानिसहरूको ज्यान लिने संक्रामण रोगका कारण बनिरहेको डा. पन्तले बताए ।”

त्यसैगरी डा. पन्तका अनुसार अधिकतम मानिसहरू चिकित्सकहरूको सल्लाह बिना नै पशुहरूको वृद्धि विकासका लागि एन्टिबायोटिक औषधिको प्रयोग गरिरहेको बताए । उनले भने, “जसको प्रभाव पशुहरूमा पर्नेगर्छ भने, उक्त पशुहरूको मासु, दूध मानिसहरूले सेवन गर्दा मानिसहरूमा समेत एन्टिबायोटिकको प्रभाव पर्ने भएकोले मानिसहरू तथा पशु दुवैलाई ठूलो खतरा बन्न पुगेको छ् । धेरै जसो एन्टिबायोटिक औषधिको प्रयोग बोईलर कुखुराहरूको छिटो वृद्धि विकासका लागि प्रयोगमा आउने गरेको डा.पन्तले बताएका छन् ।” त्यसैगरी उनले पशुपालनमा एन्टिबायोटिकको दुरुपयोगलाई निराकरण गर्न यस समस्यालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने भएकाले सरकारले यसका निमित्त जनचेतना मुलक कार्यक्रम गर्न समेत आवश्यक रहेको बताएका छन् । उनले भने, “पशुहरूको परीक्षण बिना नै जथाभावी औषधि नदिन भेट्नरी अस्पताललाई समेत आग्रह गरेको बताए ।

त्यसैगरी पशु व्यवसाय गर्दै आएका कृषक प्रकाश मालीले
एन्टिबायोटिक औषधिहरूको उपयोग मुख्य रूपमा संक्रमित पशु बिरामीहरूलाई जीवाणु संक्रमणको उपचार तथा अन्य कारणहरू जस्तै रोगहरूको नियन्त्रणको लागि र पशुहरूको शारीरिक विकास वृद्धिको लागि समेत विभिन्न प्रकारका एन्टिबायोटिक औषधिहरूको प्रयोग गरिँदै आएको बताएका छन् । उनले भने,”एन्टिबायोटिक औषधिहरू पशुहरूलाई दानापानी अथवा इन्जेक्सन चिकित्सकीय सल्लाहअनुसार दिइन्छ तर, उक्त एन्टिबायोटिक औषधि दुरुपयोगको कारणले गर्दा पशु सँगै मानव स्वास्थ्यलाई समेत असर पर्नेबारे आफूलाई कुनै जानकारी नभएको मालीले बताएका छन् ।” त्यसैगरी बाख्रा पालन गर्ने आएकी निर्मला कठायतले समेत पशुमा लाग्ने रोगको रोगथाम तथा पशुको वृद्धि विकासका लागि एन्टिबायोटिक औषधिको प्रयोग गरेता पनि उक्त औषधिको प्रयोग बारे आफूलाई कुनै पनि ज्ञान नभएको बताएकी छिन् । उनले भनिन्, “आफूले पशुहरूको लागि कुनै औषधि किन्दा पशुहरूको स्वास्थ्यलाई चेक जाँच गरेर भेट्नरीबाट औषधि ल्याएर दिने गरेको बताएकी छिन् ।”

त्यसैगरी एन्टिबायोटिक औषधिहरू प्रयोगबारे किसानहरू समेत अनविज्ञ रहेका छन् भने, उक्त एन्टिबायोटिक औषधिहरूको प्रयोग उचित विधिअनुसार चिकित्सकको सल्लाह बमोजिम प्रयोग गर्नुपर्ने हुन्छ । तर, औषधिहरूको उपयोगमा लापरबाही भएमा मानिस तथा पशुहरू दुबैमा मृत्युको कारण बन्ने गरेको छ् । एन्टिबायोटिकको अधिक वा कम मात्रा प्रयोग गर्दा अत्यधिक नोक्सानी पुर्याउने गरेको हुन्छ । एन्टिबायोटिक नै सबै खाले रोगको समाधान नभई एन्टिबायोटिक औषधिको दुरुपयोग हुन नदिन जनचेतना फैलाउनुपर्ने पशु व्यवसायहरूको भनाई रहेको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार