Saturday, July 27, 2024

महाकाली प्रादेशिक अस्पतालमा चार बिशेषज्ञ डाक्टर सहित छ जना थपिए

प्रकाशित:

-महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा चार जना विशेषज्ञ डाक्टर थपिएका छन् । आइतबार महाकाली प्रादेशिक अस्पतालमा बालरोग बिशेषज्ञ, जनरल सर्जन, एनेस्थेसियोलोजिष्ट, एडिजीपी र दुई जना रेडियोग्राफर थपिएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महाकाली प्रादेशिक अस्पतालको करार दरबन्दीमा चार विशेषज्ञ सहित छ जना डाक्टर थपिएको अस्पतालका अध्यक्ष कृष्ण भट्ट (किरण) ले बताए ।

बालरोग बिशेषज्ञमा नम्रता सिन्दान, जर्नल सर्जनमा प्रयास न्यौपाने, एनेस्थेसियोलोजिष्टमा मुकेश गामी, एमडीजीपीमा योगेश भट्ट र रेडियोग्राफर परमेश्वरी पन्त र किरन ऐडी सहित ६ जना थपिएको अध्यक्ष भट्टले बताए ।

करार दरबन्दीमा थपिएका चार बिशेषज्ञ डाक्टर सहित ६ जनालाई आज अस्पतालमा स्वागत समेत गरिएको छ ।

महाकाली प्रादेशिक अस्पतालमा रेडियोलोजिष्ट एक, एमडीजीपी दुई, गाइनो एक, अर्थोपेडिक सर्जन दुई र इएनटी एक गरि सात जना बिशेषज्ञ डाक्टर पहिले देखि नै कार्यरत छन् ।

आज थप भएका चार बिशेषज्ञ डाक्टर पाएपछि अब महाकाली प्रादेशिक अस्पतालमा ११ जना विशेषज्ञ डाक्टर हुँनेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार