Saturday, July 27, 2024

कञ्चनपुरमा जङ्गली जनावर मार्न विद्युतीय पासो थाप्ने एक पक्राउ

प्रकाशित:

महेन्द्रनगर । जङ्गली जनावरलाई मार्न विद्युतीय पासो थाप्ने कार्यमा संलग्न शुक्लाफाँटा नगरपालिका ८ मणिकाधाम टोलका अन्दाजी ४० वर्षीय सुवास धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

धामीलाई विद्युतीय पासो थाप्न प्रयाग गरिएको तीन सय मिटर तार सहित प्रहरीले पक्राउ गरिएको हो । पक्राउ परेका धामी माथि अनुसन्धानको कार्य भैरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक इश्वर थापाले बताए ।

जङगली जनावर मार्न गहुँको खेतमा गएराती थापिएको विद्युतीय पासोमा परेका स्थानिय पुनि खाती, दुरा बिष्ट र माता विश्वकर्मा सामान्य घाईते भएका थिए ।

अहिले महिलाहरुको अबस्था सामान्य रहेको बताईएको छ । केही दिन अघि यसै क्षेत्रमा चोरी शिकारीहरुले थापेको पासोमा चितुवा परेको थियो । पासोमा परेको चितुवाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिकले उद्धार गरे पनि ज्याउन भने बचाउन सकेका थिएनन् ।

यस क्षेत्रमा जङगली जनावर मार्न प्रयोग गरिने पासोमा परेर दुई वर्षको अबधिमा तीन वटा चितुवाको मृत्यु भइ सकेको छ । जङगली जनावरको चोरी शिकारीको कार्य निर्वाध रुपमा हुन थालेपछि नियन्त्रणको प्रयोग हुन सकेको प्रति स्थानिय बासिन्दाले असन्तुष्टि पोखेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार