दोधारा । दोधारा चाँदनीको हात्तीपिडत बडुवाल टोलमा बिज्ञ टोली पुगेका छन् । दोधारा चाँदनी नगरपालिका– ३ हात्तीपिडत बस्ती बडुवाल टोलमा आज मानव तथा वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ टोली पुगेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिएका छन् ।
बडुवाल टोलमा बिगत लामो समय देखि मानव तथा वन्यजन्तु द्वन्द चलिरहेको छ् । आज अपरान्हमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डा। दिनेश न्यौपाने, डिसिए का दिनेश गुरुङ लगाएतको टोली बडुवाल टोल पुगेको नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० सुद्दढ परियोजनाका अफिसर गणेश ठगुन्नाले जानकारी दिएका छन् ।
उनिहरुले स्थानियहरु संग भेट गरि समस्याका बारेमा छलफल समेत गरेका थिए । बिगत लामो समय देखि बडुवाल टोल बस्तीमा जंगली हात्तीले स्थानियहरुको अन्नवाली नष्ट गर्ने, घर भत्काउने, मानविय क्षती गर्दै आएको छ ।
बस्तीमा बिज्ञ टोलीको भेटमा दोधारा चाँदनी नगरपालिका– ३ का वडा अध्यक्ष हरिसिंह धनाडी, वडा सदस्य लक्ष्मी राना क्षेत्री, नेकपा माओबादीको नेत्री धनसरा नाथ योगी लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।
बिज्ञ टोलीले जंगली हात्ती बस्ती भित्रिने बाटो, क्षती गरेको अवस्था लगाएत स्थानको स्थलगत अनुगमन गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी ारना क्षेत्रीले बताएका छन् ।
भारतको जंगलबाट बडुवाल टोलमा भित्रिने जंगली हात्तीले बालीनाली नष्ट गर्ने, स्थानियहरुको घर भत्काउदै आएको छ। हात्ती धपाउन बस्तीका युवायुवतीहरु हातमा लाठी लिएर, आगोको धुनी बालेर जाग्राम बस्ने गरेका छन ।
बडुवाल टोलमा बर्षेनी जंगली हात्तीले ठूलो धनमालको क्षती गर्दै आएको भएपनी नेपाल सरकारले जंगली जनावरबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ ।