Saturday, July 27, 2024

मितजी ग्रुपको आयोजनामा गरिएको ७ दिने होमस्टे कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको  वडा नं- ३,७ र ८ मा होमस्टे सञ्चालन सम्बन्धी ७ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ् । उक्त कार्यक्रम शुक्लाफाँटा नगरपालिकाको सहायतामा मंसिर २२ गते देखि २८ गते सम्म मितजी ग्रुपले आयोजना गरेको थियो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मितजी ग्रुपका अध्यक्ष भास्कर पन्तले उक्त कार्यक्रममा उद्घाटन एवम् परिचयात्मक कार्यक्रम देखि लिएर होमस्टेमा आउने आथित्य सत्कार, पाक (खान पकाउने) स्वच्छता कायम राख्न सिकाउने, पर्यटनमा होमस्टेको महत्व, होमस्टे सुरक्षा, सँस्कृति प्रवर्धन, होमस्टे सञ्चालन आधारभूत आवश्यकताहरू र होमस्टे नम्बरिङ्ग तथा सूचना बोर्ड स्थापना जस्ता कुराहरू सिकाइएको बताए ।

उनले भने,”शुक्लाफाँटा नगरपालिका वडा नं-७ को कृष्णसार सामुदायिक होमस्टेमा ४ दिन उक्त कार्यक्रम सञ्चालन गरिएको र ३ दिन उक्त नगरपालिकाको वडा न. ३ को खयरकन्द्रा सामुदायिक होमस्टेमा कार्यक्रम सञ्चालन गरिएको थियो भने, उक्त कार्यक्रममा वडा न. ८ लाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पन्तले बताए । उनका अनुसार उक्त नगरपालिकाको वडाहरूमा रहेका अव्यवस्थित सडकहरूलाई नगरपालिकाले चाँडो नै कालोपत्रे गरे उक्त ठाउँका रहेका   होमस्टेमा अझै पर्यटकहरूको संख्या बढ्ने बताए ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिका-३ खयरकन्द्रा सामुदायिक होमस्टेका अध्यक्ष पुरन बहादुर डगाैंराले सुदूरपश्चिम तिर खासै होमस्टे नफस्टाएको बताए । उनले भने, “उक्त ठाउँमा रहेका अव्यवस्थित तालहरूलाई व्यवस्थित बनाउनसके पर्यटकहरू संख्या पनि बढ्दै जाने र होमस्टेमा पनि पर्यटकहरूको संख्या बढ्ने बताए । त्यसैगरी उक्त वडाकी ज्योति चौधरीले आफुले उक्त तालिमबाट पर्यटकहरूलाई सत्कारदेखि लिएर गरिने व्यवहारहरू र आफ्नो सँस्कृतिलाई कसरी उनीहरूको अगाडि प्रदर्शन गर्ने भन्ने विषयमा थुप्रै कुराहरू सिकेको बताइन् ।

त्यसैगरी उक्त नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्तले होमस्टे सञ्चालन गर्दा निकै ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, “उक्त होमस्टे सञ्चालन देखि लिएर आउने पर्यटकहरूको लागि समेत नगरपालिकाले सक्दो सहयोग गर्ने छ् भने, उक्त कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा समेत उतार्नु पर्ने उनले बताइन् । त्यसैगरी कृष्णसार सामुदायिक होमस्टेका अध्यक्ष मिना चौधरीले उक्त तालिमबाट थुप्रै कुरा सिकेता पनि धेरै कुराहरू सिक्न अपुग भएको र अझै पनि यस्ता तालिमहरू सञ्चालन गर्नु पर्ने बताइन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथी शुक्लाफाँटा नगरपालिका उपप्रमुख कल्पना जोशी पन्त लगायत विशिष्ट अतिथिमा नेपाल नेत्र ज्योति संघका अध्यक्ष डा.भोज राज पन्त, सभापतिमा नरेन्द्र चौधरी,अतिथिमा प्रशिक्षक दिनेश सिंह साउद, शुक्लाफाँटा नगरपालिकाका स्थानिय जनप्रतिनिधि र स्थानीय महिलाहरुहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार