Saturday, July 27, 2024

दोधारा–चाँदनी नगरपालिका संग कांग्रेसले माग्यो आय-व्याय विवरण

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिका कार्यालयलाई नेपाली काग्रेंस दोधारा चाँदनीले आर्थिक वर्ष २०७९/०८० को आय व्याय बिवरण मागेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रलाई नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव महेन्द्र बिष्ट र उपाध्याक्ष कर्ण बहादुर सिंहले भेट गरि आर्थिक वर्ष २०७९÷०८० को आय व्याय बिवरण माँग गरेका हुन ।

आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर नगरपालिका कार्यालयको २०७९/०८० को आय व्याय बिवरण माँग गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव महेन्द्र सिंह बिष्टले जानकारी दिएका छन् ।

‘गत आर्थिक वर्षको नवौं नगर सभा २०७९÷०८० सालको यस दोधारा चाँदनी नगरपालिकाले गरेको सम्पूर्ण आय–व्याय सहितका के कति विकासका योजनाहरु भए सम्पूर्णको जानकारी साथै सम्पुर्ण शाखाका खर्चको विवरण, प्रशासनिक साथै सम्पूर्ण जिन्सी शाखाबाट खरिद गरिएको सामान खर्चको विवरण, सम्पूर्ण भ्रमण खर्चको विवरण, सम्पूर्ण चिया नास्ता खर्चको विवरण, सम्पूर्ण इन्धन खर्च को विकान सम्पूर्ण साधन सवारीमा भएको खर्चको विवरण, सम्पूर्ण खेलकुद भएको खर्चको विवरण, सम्पूर्ण ईन्धन बिबरण, स्वास्थ्य दवाई खरिदमा खर्च भएको विवरण सम्पूर्ण पत्र–पत्रिका सञ्चार माध्यममा भएको खर्चको विवरण सम्पूर्ण विपद व्यवस्थापनमा भएको खर्चको विवरण सम्पूर्ण सुरक्षा निकायमा आएको खर्च को विवरण, आर्थिक सहयोग दिएको खर्चको विवरण सहितको स्पष्ट रुपमा बुझिने गरि आर्थिक प्रतिवेदन उपलब्ध गरि पाउ भनि यो निवेदन पेश गरेका हौ’ नेपाली काग्रेंस दोधारा चाँदनीको दोधारा चाँदनी नगरपालिका कार्यालयलाई आर्थिक वर्ष २०७९/०८० को आय व्याय बिवरण माँग पत्रमा उल्लेख गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार