बैतडी । जिल्लाको सुर्नया गाउँपालिकामा एक महिलाको हत्या गरिएको छ।सुर्नया ०३ बिजुलमा सोही ठाउका तेजबहादुर चन्दले सोही ठाउँकी हरिना बिष्टको हत्या गरेका छन्।

अन्ताजी ३२ बर्षीया तेज बहादुर चन्दले हरिना बिष्टको घरमै गएर हसिया,सब्बल लगायतका धारिला हतियार प्रयोग गरेर क्षतविक्षत गरि विभत्स हत्या गरि बिष्टकै ढोकामा शब छोडेका छन्।चन्द अहिले फरार रहेका छन्।

मानसिक सन्तुलन ठिक नभएको भनिएका चन्दले घरमा कोही नभएको मौका छोपेर बिष्टको हत्या गरे संगै गोठका २ वटा बाख्रा पनि मारेको स्थानीय बिषाल भट्टले जानकारी दिए।

अहिले घटनास्थलमा प्रहरी खटि रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।।घटनाको थप विवरण आउन बाकी छ।